राप्तीमा रंगोली प्रतियोगिता : आइरिस अकाडेमी प्रथम
सशक्तिकरणका लागि हाम्रो अभियानको आयोजना तथा वडा नं ७ को कार्यालय राप्ती नगरपालिकाको सहकार्यमामा रंगोली प्रतियोगितामा गरिएको छ । बुधवार सम्पन्न भएको प्रतियोगितामा आइरिस इङ्लिस अकाडेमी पहिलो भएको छ । राप्ती नगरपालिका अन्तर्गतका मावि विद्यालयको सहभागिता रहेको प्रतियोगितामा बम्ह्रनगर मावि द्धितिय र वीरेन्द्र आर्दश मावि तृतिय भएका थिए ।
कार्यक्रम संयोजक अनिल अधिकारीले स्वागत मन्तव्य राखेका सो प्रतियोगिताको निर्णायकमा सोमिना चौधरी, पिमलाल सापकोटा र पुर्ण बहादुर मगर रहेका थिए । ७ विद्यालयको सहभागिता रहेको सो प्रतियोगितामा विजयी समुहलाइ मेडल, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रममा वडा नं ७ का वडा सदस्यहरु ओम बहादुर पुन, मञ्जु कुमारी थापा मगर र माया विकले शुभकामना मन्तव्य दिएका थिए । शुभदिपावलीको अवसरमा भएको कार्यक्रमको बिषयलाइ लिएर मेयर शमशेर लामाले यस्ता सृजनात्मक कार्यक्रम हुनुपर्नेमा जोड दिए ।
यस किसिमका कार्यक्रम भइरहदा स्थानीय कला सस्कृतीको जर्गेनामा सहयोग पुग्ने उनले बताए । कार्यक्रमकी अध्यक्षता गरेकी सुमिता डल्लाकोटीले विद्यार्थीहरुको सृजनशिलताको बिषयमा कार्यक्रम हुनु राम्रो बिषय रहेको बताइन । उनले यस किसिमको कार्यक्रमले नया प्रतिभाको पहिचान हुने बताइन ।